Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दरबन्दी थप

नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ५, २०७७ शुक्रवार • ०९:५१:४४ बजे
  • 1.6K
    SHARES
  • नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप
    काडमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिनुभयो ।

    सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिनुभयो ।

    सोही प्रतिवेदनको एक अङ्गका रुपमा दरबन्दी रहेको थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।

    गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भई कानूनको अङ्ग बनिसकेको छ । यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन ।

    प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसमाथिको प्रहरी कर्मचारी सङ्घअन्तरगत रहने कानूनी व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology