Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गहिरियो अमेरिकामा कोरोना संकट

गहिरियो अमेरिकामा कोरोना संकट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७७ शुक्रवार • १४:२२:३८ बजे
  • 1.2K
    SHARES
  • गहिरियो अमेरिकामा कोरोना संकट

    एएनआई । कोरोना भाइरसको संक्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।

    images

    क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

    शनिबारदेखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

    “हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने ।

    क्यालिफोर्नियामा अहिलेसम्म दश लाख ५९ हजार २ सय ६७ जना संक्रमित भएका छन् भने १८ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology