Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लकडाउनले बजार नपाउँदा लाखौँको तरकारी नष्ट

लकडाउनले बजार नपाउँदा लाखौँको तरकारी नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • ०८:३३:४१ बजे
  • 2.6K
    SHARES
  • लकडाउनले बजार नपाउँदा लाखौँको तरकारी नष्ट

     लामो समयसम्मको बन्दाबन्दी (लकडाउन) का कारण समयमा नै बजार पाउन नसकेपछि लाखौँ रुपियाँ खर्चेर लगाएको तरकारी बारीमा नै नष्ट भएको छ ।

    images

    मोरङको उर्लाबारीस्थित पाठशाला कृषि सहकारी संस्थाका सेयर सदस्यले लगाएको तरकारी बारीमा नै कुहिएपछि लाखौँ रुपियाँ घाटा बेहोर्नुपरेको हो । गत वर्ष तरकारी खेतीबाट साढे नौ लाख रुपियाँ आम्दानी गरेको पाठशाला कृषि सहकारी संस्थाले यो वर्ष २४ लाख ७८ रुपियाँ आम्दानी गर्ने लक्ष्यसहित तरकारी खेती गरेको थियो ।

    संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भने, ‘तरकारी खेतीमा मात्रै छ लाख रुपियाँ खर्च भएको छ । संस्थाले तीन वर्षयता चार बिघा ११ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहेको छ ।’ माघमा १५ कट्ठामा लगाएको टमाटरबाट १५ लाख रुपियाँ आम्दानी लिने लक्ष्य थियो । अध्यक्ष खतिवडाले भने, ‘गत वर्ष तीन हजार सात सय बोट टमाटरले साढे सात लाख आम्दानी दिएको थियो । गत वर्ष राम्रो आम्दानी भएपछि यो वर्ष पाँच लाख खर्च गरेर सात हजार बोट टमाटर लगायौँ । राम्रो फल्यो तर बिक्री गर्ने बेलामा बन्दाबन्दी सुरु भएपछि बारीमै कुहिएर सकियो ।’

    गत वर्षको अनुभवले व्यावसायिक तरकारीको राम्रो सम्भावना देखेपछि साधारण सभाले नै तरकारी खेतीलाई प्राथमिकतामा राख्यो । सोहीअनुसार सहकारीले दुई बिघा चार कट्ठामा छ लाख रुपियाँ खर्च गरेर टमाटर, करेला, लौका, बोडी, भिन्डी र फर्सीको व्यावसायिक खेती गरेको हो । अध्यक्ष खतिवडाका अनुसार संस्थाले टमाटर १५ कट्ठामा, करेला सात कट्ठामा, लौका चार कट्ठामा, घिरौँला चार कट्ठामा, फर्सी पाँच कट्ठामा, भिन्डी सात कट्ठामा र बोडी अढाइ कट्ठामा लगाएको थियो । हाल बोडी, करेला र घिरौँला सामान्य बिक्री भइरहेको भए पनि मुख्य रूपमा लगाएको बेमौसमी तरकारी बिक्री गर्न नपाउँदा सहकारीलाई आर्थिक घाटा भइरहेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology