Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरस संक्रमण र मृत्युमा रेकर्ड ब्रेक

कोरोना भाइरस संक्रमण र मृत्युमा रेकर्ड ब्रेक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७७ शनिवार • १०:१८:२७ बजे
  • 2.5K
    SHARES
  • कोरोना भाइरस संक्रमण र मृत्युमा रेकर्ड ब्रेक

    कोरोना भाइरस संक्रमण र मृत्युमा रेकर्ड ब्रेक भएको छ । पछिल्लो २४ घन्टामा संक्रमित र मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा ६ लाख ५९ हजार ८ सय ६३ जनामा कोरोना संक्रमण भएको छ भने ११ हजार ८९ जनाको मृत्यु भएको छ । यो संख्या एकदिनमा संक्रमित र मृत्यु हुने अहिलेसम्मकै धेरै हो ।

    पछिल्लो २४ घन्टामा अमेरिकामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा २ लाख १ हजार ८३ जनामा कोरोना संक्रमण भएको छ । अमेरिकामा १ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

    पछिल्लो २४ घन्टामा भारतमा ४६ हजार २ सय ८८, ब्राजिलमा ३७ हजार ७५, इटलीमा ३७ हजार २ सय ४२, जर्मनीमा २३ हजार ४ सय ५०, रसियामा २४ हजार ३ सय १८, फ्रान्समा २२ हजार ८ सय ८२ र पोल्याण्डमा २२ हजार ४ सय ६४ जनामा कोरोना संक्रमण भएको छ ।

    पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ९ सय ५१, भारतमा ५ सय ६२, ब्राजिलमा ५ सय २१, फ्रान्समा ६ सय ३४, इटलीमा ६ सय ९९ र पोल्याण्डमा ६ सय २६ जनाको मृत्यु भएको छ ।

    अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ करोड ७९ लाख २ हजार ८ सय ४१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ७७ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । ४ करोड १ लाख ३ हजार ७ सय १३ जना संक्रमण मुक्त भएका छन् भने १ लाख २ हजार २ सय ७ जनाको अवस्था गम्भीर छ ।

    अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै २ लाख ६० हजार २ सय ८३, भारतमा १ लाख ३२ हजार ७ सय ६४ र ब्राजिलमा १ लाख ६८ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology