Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिलो पटक चीनीया रक्षा मन्त्री नेपाल आउदै

पहिलो पटक चीनीया रक्षा मन्त्री नेपाल आउदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७७ शनिवार • ११:१६:११ बजे
  • 1.5K
    SHARES
  • पहिलो पटक चीनीया रक्षा मन्त्री नेपाल आउदै
    अक्टोबर २० र २१ मा चीनीया राष्ट्रपति सि जिन पिगंले नेपाल भ्रमण गरेको एक बर्ष पछि पहिलो पटक उच्च स्तरीय चीनीया अधिकारी नेपाल आउन लागेका छन् ।चीन र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको अवसर पारेर चीनीया रक्षा मन्त्री एवं जनमुक्ति सेनाका रकेट फोर्सका कमाण्डर वेई फेङ्हे मंसीर १४ गते नेपाल आउन लागेका हुन् ।

    दुबै देशका अधिकारीहरुले औपचारीक रुपमा कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् । तर पनि सुरक्षा व्यवस्था कडा पार्ने सहित भ्रमणको तयारीमा सरकारी संयन्त्र परिचालित भएको बुझिएको छ ।भारतसगँ कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितका मुद्धामा सम्बन्ध चिसिएको पृष्टभूमिमा भारतीय से िर रअ प्रमुखले नेपाल भ्रमण सकेर फर्किए पछि नेपालले चीनीया अधिकारीलाई स्वागत गर्न लागेको हो ।

    चीनीया रक्षा मन्त्री नेपाल आउनु दुई दिन अघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगला नेपाल आउने छन् । उनी फर्किएको भोलीपल्ट चीनीया पाहुनालाई नेपालले उच्च स्तरीय स्वागत गर्नेछ ।यस भ्रमणमा मंसीर १४ मै चीनीया रक्षा मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापासगँ भेटवार्ता गर्ने तय भएको छ ।

    साथै रक्षा मन्त्री वेईले चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको बर्षगाँठका अवसरमा हुने कार्यक्रममा समेत सहभागीता जनाउने स्रोतले जनाएको छ ।भ्रमणमा चीनीया राष्ट्रपतिको भ्रमणका बेला भएका द्धिपक्षीय समझदारी कार्यन्व्यन एवं रणनीतिक सम्बन्ध र सैन्य सम्बन्धका थप आयामहरुमा समेत चर्चा हुने बताईएको छ । नेकपा विभाजन उन्मुख रहेका बेला एकतामा जोड दिईरहेको चीनले वरिष्ठ अधिकारीलाई नेपाल पठाउनुलाई महत्वका साथ हेरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology