Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राज्यले अन्त्य गरेको जातीय छुवाछुत ब्यवहारमा लागू नभए पछि बेद र निलमको फिल्मी कथा नै बन्यो, ‘नदेखिएको जात’

राज्यले अन्त्य गरेको जातीय छुवाछुत ब्यवहारमा लागू नभए पछि बेद र निलमको फिल्मी कथा नै बन्यो, ‘नदेखिएको जात’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७७ शनिवार • १३:४४:३८ बजे
  • 3.3K
    SHARES
  • राज्यले अन्त्य गरेको जातीय छुवाछुत ब्यवहारमा लागू नभए पछि बेद र निलमको फिल्मी कथा नै बन्यो, ‘नदेखिएको जात’

    नेपालीको दूरदराजको कुरा छाडौ शहरीया, शिक्षितहरू राज्यले जातीय छुवाछुतको अन्त्य गरेको भएपनि ब्यवहारिक रुपमा यो कुरा मान्न तयार छैनन ।

    यस्तो अवस्थामा पिडितहरू जो दलित भएकै कारण अमानविय ब्यवहार सहदै आइरहेका छन् । यस्तै बिषयमा अन्तरजातीय विवाह सम्बन्धि अति नै मार्मिक र चेतनामुल चलचित्र निर्माण भएको छ ‘नदेखिएको जात’ ।

    images

    नेपालमा तिनै उत्पीडित जातीको नाममा ब्रम्हलुट मच्चिएकै छ । राजनीति भएकै छ । र, एउटा ‘नदेखिएको जात’ जो उत्पीडनबाट मुक्ति खोजिरहेको छ । त्यही मुक्तिको खोजीमा यो समाजसँग लडिरहेका छन् निर्देशक बेदप्रसाद भुर्तेल । समाजमा रहेको अन्धविस्वासको पर्खाल तोडनुपर्छ भन्ने सोचले २०६८ पुसमा अन्तरजातीय विवाह गरेका भुर्तेल अहिले आफ्ना परिवार र समाजसँग मात्र होईन, कानुन बनाएर लागु गर्न नसक्नेहरूसँग समेत उनी एक्लै लडिरहेका छन् ।

    झापाको अर्जुनधाराकी निलम सुनाम दर्जीसँग प्रेम विवाह गरेका भुर्तेलले आफ्नै गाउँ चुलाचुली पुगेर पुषमै विवाह दर्ता गराएको भएपनि दुर्भाग्य सोही सालको चैतमा जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भएको थियो । कानुनी रुपमा सम्बन्ध विच्छेद भएपनि उनिहरूको प्रेम टुटेको भने थिएन । घर परिवार र समाजलाई देखाउन सम्बन्ध बिच्छेद गर्न बाध्य भएका उनिहरूको पाँच वर्षको एक छोरा छन् । अदालती कागजमा उनीहरूबीच सम्बन्ध विच्छेद नै छ । तर, उनको छोराको पनि जन्म दर्ता भइसकेको छ ।

    यिनै कथावस्तु समेटिएर चलचित्र ‘नदेखिएको जात’ निर्माण भएको छ जसको छायांकन सम्पन्न भई प्राविधिक कार्य भइरहेको छ । चलचित्र ‘नदेखिएको जात’ले समाजमा संकुुचित भावनाबाट ग्रसितहरूको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास लिएको छ । देशभरिको बिद्यालयका बिद्यार्थीहरू माझ प्रदर्शन गर्न राज्य स्तरबाट सहयोग हुनुपर्ने र यो चलचित्रले समाज परिवर्तनमा केही न केही मद्दत गर्ने बिश्वास निर्देशक भुर्तेलले लिएका छन् ।

    चलचित्रमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रमोद खरेल र प्रविशा अधिकारीको स्वर रहेको छ भने कलाकारमा संजोग राना, जानवी बस्नेत, लय संग्रौला, विशाल पहारी, अनिता केसी, रुकु बिष्ट, किरण थापा, चन्द्र स्याङ्तान, विकास नेपाल, विष्णु गीरीलगायतका छन् ।

    भुर्तेललाई चलचित्रमा निर्माणमा लिला बम्जन, चन्द्र स्याङतान, श्याम कुमार बन, माधब गिरी, सन्तोष घिमिरेले साथ दिएका छन् । निर्देशक भुर्तेलले बिगतमा कुर्बान, ईन्काउन्टर, सञ्जोग, फेरी भेटौला, अफिसर, बुलेटलगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology