मंसिर ६, २०७७ शनिवार
•
१८:१५:१० बजे
कर छल्ने भ्रस्टहरुको पाऊ, ढोग्छ सरकारले !
सर्वसाधारण जन-लोकलाई, टोक्छ सरकारले !!
सत्य कुरा बुझी लेऊ,
पढे लेखेका मूर्ख छन यो देशमा !!
सुरक्षा दिएरै माफिया, बोक्छ सरकारले !!
देश लुट्नेलाई सल्युट हान्दै बिदाई गर्छ !
निमुखा जन-लोकलाई गोलि, ठोक्छ सरकारले !!
भोका उडुस भने हुन्छ यिन्लाई अब राजन !
भेट्टाउँदा भुँडी फुटुन्जेल, घिच्छ सरकारले !!
समय फेरिएको छ अचेल
हिजोका दास रैती बने
राजतन्त्र भन्दा निरंकुशता, पेल्छ सरकारले !!
ब्यवस्था फेरियो
अवस्था उहीँ रह्यो
जनता बन्न दिएन सरकारले !!
सामन्ती थिए
मुखिया थिए
काजी, जिम्मल, कटुवाल भाई-भारद्वार छन् यथावत !
नाम फेरेर लुट्दैछ सरकारले !!
रामचन्द्र तिम्सिना
(आवाज)