Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा ओली पक्षको अवरोध

सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा ओली पक्षको अवरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७७ शनिवार • १९:४५:२० बजे
  • 1.4K
    SHARES
  • सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा ओली पक्षको अवरोध

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद स्थानीय तहसम्म पुगेको छ । चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेता-कार्यकर्ताले अवरोध गरेका छन् ।

    images

    ओली पक्षका नेता कार्यकर्ताले नाराबाजी र होहल्लासहित केहीबेर कार्यक्रम अवरोध गरेका हुन् । राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजना गरिएको कार्यकर्ता भेलामा सहभागी पाण्डेविरुद्ध ओली पक्षका स्थानीय नेता-कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका हुन् ।

    नेकपा राप्ती नगर कमिटीका अध्इक्ष इमानसिंह लामाले केही उच्छिङ्खल व्यक्तिले कार्यक्रम अवरोधको प्रयास गरेको बताए । अवरोध गर्नेमध्येका युवा संघका नेता केदार आचार्यले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि नाराबाजी गरिएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology