नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चितवन जिल्लामा भएको घटनालाई सुनियोजित रहेको बताउँदै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्, “कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।”
कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत भएका यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन नेता खनालले सम्पुर्ण नेता तथा कार्यकर्तामा अनुरोध पनि गरेका छन् ।