Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिबन्धित विप्लव नेकपाका कम्पनी सेक्सन कमाण्डर शेर्पा पक्राउ

प्रतिबन्धित विप्लव नेकपाका कम्पनी सेक्सन कमाण्डर शेर्पा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ७, २०७७ आइतवार • १५:४१:४२ बजे
  • 1.2K
    SHARES
  • प्रतिबन्धित विप्लव नेकपाका कम्पनी सेक्सन कमाण्डर शेर्पा पक्राउ
    विराटनगर । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेकपाका कम्पनी सेक्सन कमाण्डरलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

    मोरङको उर्लाबारीबाट प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपासँग आवद्ध ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेको प्रहरीको दाबी छ ।

    पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा, पम्प्लेट लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

    आठवटा ब्याग, १८ वटा ज्याकेट, मोबाइल, डायरीलगायत सामग्री पनि बरामद भएको छ । ज्याकेट र ब्याग भने लडाकुका लागि खरिद गरिएको प्रहरीको दाबी छ ।

    शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकबाट शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर गतिविधी सञ्चालन गरिरहेका थिए ।

    शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने प्रहरीले बताएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology