Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • ०९:३८:३६ बजे
  • 2.8K
    SHARES
  • गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

    पोखरा - गोरखामा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा निधन भएको छ ।

    images

    गोरखा पालुङटार घर भएका ४४ वर्षका पुरुषको उपचारका क्रममा शनिवार बिहान ५ बजे निधन भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नबिन थापाले जानकारी गराएका छन ।

    डा. थापाका अनुसार मृतक दिर्घ रोग मधुमेहबाट पीडित भएको अघिल्लो दिन शुक्रबार मात्र कोरोना पुष्टी भएको जानकारी दिए । यो सँगै गण्डकी प्रदेशमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या तीन पुगेको छ, भने नेपालमा ३३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology