Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जाका मोहनप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित

स्याङ्जाका मोहनप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ८, २०७७ सोमवार • ११:४८:२२ बजे
  • 2.9K
    SHARES
  • स्याङ्जाका मोहनप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित
    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ रिक्त एक पदमा मोहनप्रसाद पाण्डेलाई पठाएको छ।

    स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिसअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको छ।

    कांग्रेसले गत २०७४ सालमा आयोगमा बुझाएको बन्द सूचीमा समानुपातिकतर्फ पाण्डेको नाम थियो।  पाण्डेले सपथ लिइसकेका छैनन्।

    सभामुख अग्निप्रसाद सापकोटाले सम्भवत आज पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन्।

    यसअघि कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो।

    समानुपातिकतर्फ खस आर्य कलस्टरमा कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पाण्डेको नाम केसीभन्दा पछि थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology