Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विप्लव कास्कीका चार कार्यकर्ता सहित समाचार संकलनमा खटिएका पत्रकार घिमिरे पक्राउ

विप्लव कास्कीका चार कार्यकर्ता सहित समाचार संकलनमा खटिएका पत्रकार घिमिरे पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • ११:२६:०९ बजे
  • 1.4K
    SHARES
  • विप्लव कास्कीका चार कार्यकर्ता सहित समाचार संकलनमा खटिएका पत्रकार घिमिरे पक्राउ
    विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेता, कार्यकर्ता तथा पत्रकारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा सोमबार पोखरा महानगरपालिका वडा नं। ३३ देउरालीवस्तीस्थित सुकुम्वासी बस्तीमा आयोजना गरेको जनसभा स्थलबाट नेकपाका कार्यकर्ताहरु कुमार परियार, यामप्रसाद भटराई, कालीबहादुर पाण्डे र विशाल श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

    प्रहरीले नेकपाका कार्यकर्ता भनेर पत्रकार राजकुमार घिमिरेलाईपनि पक्राउ गरेको छ । घिमिरे सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि हुन् । घिमिरेलाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला नेपाल पत्रकार महासंघको मिसन टोलीले पोखरामा प्रहरी प्रशासनसँग छलफल गरी रिहा गराएको थियो ।

    प्रहरीले जनसभा स्थलबाटै नेकपाका कार्यकर्ता तथा पत्रकार घिमिरेलाई पक्राउ गरेको बताएपनि नेकपा कास्कीले भने जनसभाबाट फर्किदै गरेकालाई बाटोमा पक्राउ गरेको दाबी गरेको छ । बाटोमा हिंडिरहेका बेला घेरा हालेर उनीहरुलाई पक्राउ गरेको नेकपा कास्कीको भनाई छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology