Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञा जारी

बर्दिबासमा भएको झडपमा प्रहरीको गोली लागी सञ्जयको मृत्यु,थप हिंसा हुन नदिन निषेधाज्ञा जारी

बर्दिबासमा भएको झडपमा प्रहरीको गोली लागी सञ्जयको मृत्यु,थप हिंसा हुन नदिन निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १०, २०७७ बुधवार • ११:४२:४८ बजे
  • 1.2K
    SHARES
  • बर्दिबासमा भएको झडपमा प्रहरीको गोली लागी  सञ्जयको मृत्यु,थप हिंसा हुन नदिन निषेधाज्ञा जारी
    मंगलबार बिहान महोत्तरीको बर्दिबासमा भएको झडपमा प्रहरीको गोली लागी घाइ भएका बुद्धिराज न्यौपाने सञ्जयको मृत्यु भएको छ ।  

    आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव सोमबार मध्यरातमा झाडीमा बोरामा फालिएको अवस्थामा भेटिएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

    बालिका हत्याको आरोपमा पक्राउ परेका गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहको घरमा स्थानीयले तोडफोड र आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो । 

    बालिका हत्याको विरोधमा उत्रिएका न्यौपानेलाई प्रहरीको गोली लागेपछि उपचारका लागि हेलिकोप्टरबाट मंगलबार काठमाडौं ल्याइएको थियो । 

    न्यौपानेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति १ बजे मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । 

    उनीसँगै गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युले बर्दिवासमा थप तनाव देखिएको छ । मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको बर्दिबासमा सुरक्षा व्यवस्था भने कडा पारिएको सीडीओ कटुवालले बताए । 

    आरोपितको घरमा प्रहरीले समयमै खानतलासी नगरेको भन्दै आक्रोशित भिडले उनको घर र पसलमा तोडफोड गरेको थियो । 

    स्थानीयको आक्रोशित भिडले पूर्व–पश्चिम राजगमार्ग टायर बालेर बन्द गरेका थिए ।

    स्थानीयले राजमार्ग अवरुद्ध गर्दै घरमा आगलागी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको थियो । सोही क्रममा गोली लागेका न्यौपानेको मृत्यु भएको हो । 

    बर्दिबासमा निषेधाज्ञा जारी

    थप हिंसा हुन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । ६ वर्षीया बालिकाको हत्या भएको विषयमा तनाव बढ्दै गएपछि बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञाको निर्णय भएको हो । 

    बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा जारी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology