भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको कोरोना संक्रमणबाट निधन भएको छ । मेदान्ता अस्पतालमा उपचाररत पटेलको आज बुधबार बिहान निधन भएको हो ।
पटेलका छोरा फैजल पटेलले ट्विटमार्फत कोरोना संक्रमणपछि गम्भीर स्वास्थ्य अवस्थामा उपचाररत पटेलको निधन भएको जानकारी दिएका हुन् । पटेल एक महिना अगाडि कोरोना संक्रमित भएका थिए ।
पटेल भारतीय कांग्रेसका कोषाध्यक्ष हुन् । उनी गुजरातबाट राज्यसभा सदस्यसमेत रहेका छन् ।