Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिद्रोही नेकपा विप्लव सँग एकता गर्ने गोपाल किराँतीको घोषणा

बिद्रोही नेकपा विप्लव सँग एकता गर्ने गोपाल किराँतीको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ११, २०७७ बिहिवार • १५:०९:५७ बजे
  • 1.5K
    SHARES
  • बिद्रोही नेकपा विप्लव सँग एकता गर्ने गोपाल किराँतीको घोषणा
    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता गर्ने बताएका छन् ।

    उनले एकताको लागि विप्लवसँग छलफल भइरहेको जानकारी दिए । उनले भने,‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ ।’

    पार्टीले ‘मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल’ को निर्णय गरेको छ । यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाण्डु बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले यस्तो निर्णय लिएको हो ।

    देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरिएको पार्टीले जनाएको छ ।

    उक्त पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology