Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुडानका पूर्वप्रधानमन्त्री महदीको कोभिड–१९ संक्रमणका कारण मृत्यु

सुडानका पूर्वप्रधानमन्त्री महदीको कोभिड–१९ संक्रमणका कारण मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • ०८:२८:५९ बजे
  • 1.2K
    SHARES
  • सुडानका पूर्वप्रधानमन्त्री महदीको कोभिड–१९ संक्रमणका कारण मृत्यु
    दुबई — सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल महदीको बिहीबार मृत्यु भएको छ । ८४ वर्षीय महदीको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको उनको दलले पुष्टि गरेको छ ।

    तस्बिर : रोयटर्स
    नरमपन्थी इस्लामिक नेसनल उमा पार्टीका नेता महदी तीन साताअघि संक्रमित भएका थिए । अबुधाबीस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

    अल महदीले पहिलो पटक सन् १९६६-६७ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । पटक-पटक जेल परेका उनी केही वर्ष निर्वासनमा समेत बसे । सन् १९८६ मा फेरि उनी सुडानको प्रधानमन्त्री बने । तर सन् १९८९ मा सेनाको समर्थनमा भएको 'कु' मार्फत उनलाई पदबाट हटाइयो ।

    महदीको जन्म सन् १९३५ मा ओमदुरमानमा भएको थियो । उनी सुडानका धार्मिक नेता मोहम्मद अहमद अल महदीका पनाति हुन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology