जिल्ला प्रहरी बागलुङले विभिन्न ठाउँबाट १७ नाल भरुवा बन्दुक बरामद गरेको छ।
बाग्लुङ ताराखोला गाउँपालिका-५ सिपस्थित जंगलमा लुकाएर राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका-२ हर्पुखोला टोलको जंगलबाट ९ थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।
बाग्लुङ प्रहरीका अनुसार बिहीबार बिहान प्रहरी टोलीले हतियार बरामद गरेको हो। इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले भरुवा बन्दुक फेला पारेको थियो। ती बन्दुक जंगलमा किन र कसले राखेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।