Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसारकै महंगो ब्याग : मूल्य ८४ करोड रुपैयाँ

संसारकै महंगो ब्याग : मूल्य ८४ करोड रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७७ शनिवार • १४:०४:५५ बजे
  • 2.3K
    SHARES
  • संसारकै महंगो ब्याग : मूल्य ८४ करोड रुपैयाँ

    एजेन्सी । लग्जरी इटालियन ब्राण्ड बोरिनी मिलानेसीले ६ मिलियन युरो अर्थात ८४ करोड रुपैयाँको लागतमा संसारकै सबैभन्दा महंगो ब्याग बनाएको छ । चमकदार देखिने ब्यागमा १३० क्यारेटको हिरा र १० सेतो सुनका पुतली जडान गरिएको छ । सामुद्रिक प्रदूषणका बारेमा जागरुकता बढाउने उद्देश्यले ब्यागको निर्माण गरिएको कम्पनीले जनाएको छ ।

    images

    कम्पनीले आफ्नो इन्स्टिाग्राममा एक विज्ञप्तिमार्फत समुद्रको रक्षा र जागरुकता बढाउनका लागि ब्याग बनाइएको उल्लेख गरेको छ । यो ब्यागको मूल्य ६ मिलियन यूरो अर्थात ८४ करोड रुपैयाँमध्ये केही रकम समुद्रको सफाइका लागि दान गरिने कम्पनीले घोषणा गरेको छ ।

    ब्यागको सुन्दरताका बारेमा भिडियोमार्फत जानकारी दिइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनका पुतली लगाइएको छ । यो ब्याग हेर्दा निकैनै सुन्दर देखिएको छ । ब्याग बन्द गर्नका लागि हुकको प्रयोग गरिएको छ । ब्याग बनाउन १३० क्यारेटको हिरा प्रयोग गरिएको छ ।

    इटालियन ब्राण्ड बोरिनी मिलानेसी संसारकै चर्चित झोला उत्पादक कम्पनी हो । कम्पनीको इन्स्टिाग्राममा सुन्दुर झोलाका तस्बिर पनि देख्न सकिन्छ । अहिले बनाइएको झोला नै संसारमै सबैभन्दा महंगो झोला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology