Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७७ शनिवार • १७:५८:५६ बजे
  • 1.1K
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

    भारतमा शुक्रवार थप ४१ हजार ३ सय २२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।

    images

    भारतमा पछिल्लो २४ घण्टामा थप ४ सय ८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २ सय पुगेको छ । यहाँ कोरोना भाइरस सुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८७ लाख ५९ हजार ९ सय ६९ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र, दिल्ली र केरला क्रमशः कोरोना भाइरसबाट बढी प्रभावित राज्यको रुपमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology