Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीलाई प्रचण्डको जवाफ:बहसका लागि चुनौती दिन्छु

ओलीलाई प्रचण्डको जवाफ:बहसका लागि चुनौती दिन्छु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७७ शनिवार • १८:०३:३९ बजे
  • 1.5K
    SHARES
  • ओलीलाई प्रचण्डको जवाफ:बहसका लागि चुनौती दिन्छु

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै ओलीमाथि हमला गरेका छन्।

    images

    शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन्।

    ‘यहाँ पनि तपाइको दम्भ, घमण्ड र अहंताले काम गरेको छ। अझै पनि तपाईं राजनीतिक बहसमा आउन चहिरहनुभएको छैन’, प्रचण्डको भनाइ उधृत गर्दै एक सचिवालय सदस्यले भने, ‘पार्टी फुटाउने भनेर जुन दोषारोपण गर्नुभयो, त्यो काम अर्थात पार्टी फुटाउने काम हामीले होइन बरु पार्टी फुटाउन तपाईले सुरु गर्नुभएको हो।’

    ओलीले शनिबारको बैठकमा प्रचण्डमाथि विभिन्न अभियोग लगाउँदै प्रस्ताव प्रस्तुत गरेपछि प्रचण्डले त्यसको टिप्पणी गरेका हुन्। बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीले श्रृंखलावद्ध रुपमा पार्टी विभाजनको काम गरिरहेको भन्दै हिम्मत भए राजनीतिक बहसमा आउन चुनौति दिएका हुन्।

    शनिबार ओलीले प्रचण्डको प्रस्तावको जवाफमा ३८ पेज लामो प्रस्ताव पेश गरेका हुन्। ओली र प्रचण्डले प्रस्तुत गरेका प्रस्तावमाथि थप छलफलका लागि नेकपाले मंसीर १६ गते सचिवालयको बैठक बोलाएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology