नेकपा प्रवास समन्वय कमिति द्वारा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । मुलुकको अग्रगामी रूपान्तरमा भूमिका निर्वाह गरेको बृहद जनसमर्थन प्राप्त दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय बढिरहको आन्तरिक समस्याबाट आम प्रबासी नेपालीहरु सहित सिङ्गो प्रबास पार्टी परिवार अत्यन्त गम्भीरता र चिन्तित भएका छौं ।
संबिधान सभाबाट नयां संबिधान जारी भएर दुई ठूला कम्युनिष्ट पार्टीहरु बीच एकता भए पश्चात समाजको तल्लो तप्कामा आफ्नो आकांक्षा सम्बोधन हुने आत्मबिश्वास बढेको थियो । त्यसैको प्रतिफलका रुपमा पहिलो निर्वाचनमै पार्टीलाई व्यापक जनसमर्थन प्राप्त भयो ताकी बलियो सरकारबाट व्यापक सुधार र प्रगतिशील रूपान्तरको तीब्र अपेक्षा पुरा हुन सकोस । तर पार्टीको सर्बोच्च तहबाट शुरु भएर सर्बत्र देखा परिरहेको व्यापक गुटबन्दी र आम अराजकताले जनताको बिश्वासमा धोकाधडी हुने त होइन भन्ने गम्भीर प्रश्न आज खडा भएको छ ।
हामी नेतृत्व तहलाई पार्टीभित्र देखा परिरहेका समस्याहरुलाई कमिटी भित्र व्यापक बहस प्रक्रियाबाट हल गर्न सार्बजनिक रुपमा एक अर्का बिरुद्ध आरोप प्रत्यारोप नगर्न पार्टी र सरकारबीच समन्वयात्मक बाटोबाट अगाडि बढ्न तथा देखा परिरहेका कमीकमजोरीहरु सुधारेर अघि बढ्न जोडदार माग गर्द्छौ । हामी ध्यानाकर्ष गराउन चाहन्छौं कि हजारौंको बलिदानी र कठीन श्रमबाट निर्मित हाम्रो प्रिय पार्टी बिभाजन हामीलाई कुनै हालतमा स्विकार्य छैन । विभाजनको सोच कहिं कतै छ भने हामी त्यसलाई कडा शव्दमा प्रतिबाद माग्न चाहन्छौं । एकताबद्ध र अनुशासित पार्टी निर्मान र नेतृत्वपंक्तिलाई सचेत गराउदै पार्टीको बिधी र कार्यक्रमलाई पालना गर्दै देश र जनताको हितमा निरन्तर लागि रहने सामूहिक प्रतिबद्धता समेत व्यक्त गर्द्छौ ।


LettertoCMOliOCC1_201128_131929.pdf :To download file click here