Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले बैठकमा भने, ‘पार्टी एकता भङ्ग गरौँ

ओलीले बैठकमा भने, ‘पार्टी एकता भङ्ग गरौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • ०८:४८:३७ बजे
  • 1.3K
    SHARES
  • ओलीले बैठकमा भने, ‘पार्टी एकता भङ्ग गरौँ
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावको प्रतिउत्तर प्रस्तुत गरेका छन् । प्रतिवेदन सचिवालयका सदस्यलाई वितरण गर्नुपूर्व उनले बैठकमा ४ महत्वपूर्ण कुरा राखेका एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
    १. बैठकमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव झूटको पुलिन्दा भएकाले बैठकमा छलफल गर्न नसकिने बताएका छन् । उनले बैठकमा भने, ‘प्रचण्ड कमरेडले प्रस्तुत गरेको प्रस्ताव राजनीतिक प्रस्ताव होइन, त्यो झूटको पुलिन्दा हो । संगीन आरोपसहित आएको झूटको पुलिन्दा बैठकमा छलफल गर्न र बैठकमा प्रवेश गर्न सक्दैन ।’
    २. ओलीले आफूले बहुमतको निर्णय नमान्ने पनि बताएका छन् । उनले भने, ‘टाउका गनेर मान्छु भन्ने नसोचे पनि हुन्छ । बहुमत-अल्पमत गरेर निर्णय गर्ने र त्यसलाई मान्न सकिँदैन । यो विधि, पद्दतीको विरुद्ध हुन्छ ।’
    ३. प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्नेमा ओलीले जोड दिए । उनले बैठकमा भने, ‘लाल्छाना पत्र फिर्ता लिनुपर्छ । त्यसलाई फिर्ता लिएर माफी मागेपछिमात्रै पार्टी एकतामा जान सकिन्छ । नत्र पार्टी एकता हुँदैन ।’
    ४. ओलीले पार्टी एकता भंग गर्नका लागि प्रस्ताव गरे । उनले भने, ‘अब पार्टी एकता भंग गरौँ, पार्टी एकता भंग गरेर अब जेठ २ को अवस्थामा फर्कौँ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology