Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगे,सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जाने

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगे,सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जाने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १४, २०७७ आइतवार • १२:२३:१३ बजे
  • 1.8K
    SHARES
  • चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगे,सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जाने
    चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    उनी त्यहाँबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । जहाँ चिनियाँ दूतावासले आयोजना गरेको द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा उनि सहभागी हुनेछन् ।

    त्यसपछि उनले सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासंग पहिलो भेटवार्ता गर्नेछन् । नेपाली सेनाले उनको भ्रमणको तयारीको लागी चीनबाट नेशनल डिफेन्स कोर्स गरेका उपरथी बालकृष्ण कार्कीलाई खटाइसकेको छ । चिनियां रक्षामन्त्रीले नेपाली सेनालाई सैनिक सामाग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्रोत दावी छ ।

    उनले सेनालाई आवश्यक पर्ने सैनिक सहयोगको घोषणा गर्ने तयारी चिनियां पक्षको छ । त्यसका साथै दुवै देशका सेनाबीच यसअघि हुंदै आएको र अहिले रोकिएको सगरमाथा फ्रेण्डसिप सैन्य अभ्यासलाई सुचारु गर्ने विषयमा समेत छलफल हुनेछ ।

    एक दिने भ्रमणका लागि काठमाण्डु आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता  सकेर उनी आजै काठमाण्डुबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology