Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जापानमा पछिल्लाे २४ घन्टामा थप २,६८४ जना संक्रमित

जापानमा पछिल्लाे २४ घन्टामा थप २,६८४ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७७ आइतवार • १६:५२:४२ बजे
  • 1.5K
    SHARES
  • जापानमा पछिल्लाे २४ घन्टामा थप २,६८४ जना संक्रमित

    एएनआई । जापानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । जापानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका हुन् ।

    images

    यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो ।

    योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४६ हजार २ सय १४ जना पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले त्यहाँको राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमितहरु पाइएका छन् ।

    यसअघि पनि गत महिनामात्र यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकालको अवस्थामा जस्तै केही नीतिहरुमा परिवर्तन पनि हुन सक्ने बताएका थिए ।

    जापानमा केही हप्ता मात्र पहिले पर्यटनको प्रोत्साहनका लागि राष्ट्रिय स्तरको अभियान चलाइएको थियो । भाइरसबाट संक्रमितको संख्यामा कमी आएपछि टोकियोमा यस्तो अभियान चलाइएको थियो ।

    जापानमा संक्रमण केवल टोकियोमा मात्र नभएर अन्यत्र पनि सरेको बताइएको छ । तर आइतबार देखिएका संक्रमितहरुमध्ये टोकियामा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।

    जापानका विकट टापुहरुमा पनि अब कोरोना भाइरस संक्रमित भेटिन थालेको बताइएको छ । आइतबार भेटिएका ती संक्रमित मध्ये टोकियमा मात्र ५ सय ६१ जना भेटिएका छन् ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology