Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गवेबीच बालुवाटारमा भेट

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गवेबीच बालुवाटारमा भेट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १४, २०७७ आइतवार • १९:१३:०५ बजे
  • 1.5K
    SHARES
  • प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गवेबीच बालुवाटारमा भेट
    नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्गवेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइतबार नेपाल भ्रमणमा आएका फेङ्गवेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।


    एकदिने भ्रमणका लागि फेङ्गवे २१ सदस्यीय टोलीको नेतृत्व गरेर आइतबार काठमाडौं आएका हुन्। उनी आजै फर्कनेछन्। यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा र  फेङ्गवेबीच जंगी अड्डामा द्विपक्षीय वार्ता भएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology