एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनको खुट्टा मर्किएको छ । कुकुरसँग खेल्नेक्रममा बाइडेनको खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्ने देखिएको छ ।
हालै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निर्वाचित भएका बाइडेनले जनवरी २० मा अमेरिकी राष्ट्रपति पद्को सपथ लिनेछन् । बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटी स्क्यान रिपोर्ट भने आउँन बाँकी नै छ ।
७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नेछन् । बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडेका थिए । बाइडेनको परिवारमा २ वटा कुकुर छन् ।
बाइडेनले ती दुबै जना कुकुरलाई ह्वाइट हाउस लैजाने बताइसकेका छन् ।