Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ईरानी परमाणु वैज्ञानिकको हत्यामा रिमोट कन्ट्रोल हतियारको प्रयोग

ईरानी परमाणु वैज्ञानिकको हत्यामा रिमोट कन्ट्रोल हतियारको प्रयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७७ मंगलवार • ०८:१५:५६ बजे
  • 1.5K
    SHARES
  • ईरानी परमाणु वैज्ञानिकको हत्यामा रिमोट कन्ट्रोल हतियारको प्रयोग
    एजेन्सी । इरानले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा इजरायल र निर्वासित
    विपक्षी समुहको हात रहेको आरोप लगाएको छ ।फखरीजादेहलाई शुक्रबार हत्या गर्न रिमोट नियन्त्रित हतियारको प्रयोग गरेको पनि इरानी दावी छ । तेहरानमा फखरिजादेहको अन्त्येष्टिका क्रममा ईरानी सुरक्षा प्रमुख अली शामखानीले आक्रमणकारीले विद्युतीय उपकरणको प्रयोग गरेको बताएका हुन ।
    उनका अनुसार आक्रमणकारीहरु घटनास्थलमा नहुनु नै उनीहरुले रिमोट नियन्त्रित विद्युतीय हतियारको प्रयोग गरेको प्रमाण हो । शामखानीले यस बारे अझै विस्तृतमा भने केही बताएनन् । ईरानी रक्षा मन्त्रालयले शुरुमा फखरीजादेहको कारलाई बन्दुकधारीहरुले निशाना बनाएर हत्या गरेको बताएको थियो । तर पछिल्लो समय सुरक्षा प्रमुख शामखानीले नयाँ तर संक्षिप्त सूचनासहितको यस्तो खुलासा गरेका हुन ।
    ईरानी पक्षबाट लगाइएको यो आरोपका बारेमा इज्ररायलले अहिलेसम्म कुनै प्रतिकृया दिएको छैन । सन २००० को दशकदेखि नै मोहसिन फखरीजादेहले ईरानको परमाणु कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology