Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली आजको नेकपा सचिवालय बैठकमा नजाने

ओली आजको नेकपा सचिवालय बैठकमा नजाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७७ बुधवार • ०८:२९:२७ बजे
  • 1.2K
    SHARES
  • ओली आजको नेकपा सचिवालय बैठकमा नजाने
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद
    उत्कर्षमा पुगेको छ । हिजोको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक बहिष्कार गर्ने बालुवाटार निकट स्रोतले जनाएको छ ।
    पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न नपाइने अडान राखेका ओलीविरुद्ध सचिवालयका बहुसंख्यक सदस्य उभिएपछि उनले बैठक बहिष्कार नै गर्न लागेका हुन् । ओलीको सचिवालयले भने प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम रहेकाले आजको बैठकमा नजाने बताएका जनाएको छ ।
    हिजोको बैठकमा अध्यक्षद्वयका प्रतिवेदनमा छलफल सुरु भएको छ । बैठकमा छलफल नै गर्न नदिनेगरी प्रस्तुत भएका ओलीले बैठकको अन्तिममा आफूले भनेको नमान्ने बैठकको काम नभएको भन्दै बाहिरिएका थिए । असन्तुष्टि जनाउनका लागि उनले आजको बैठकमा नजाने बताएका उनी निकट एक नेताले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology