Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुग्यो

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • २३:००:४३ बजे
  • 1.1K
    SHARES
  • कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५  पुग्यो

    कोरोना भाइरस ‘कोभिड १९’ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

    images

    नेपाली समयानुसार शनिबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६३ लाख ६३ हजार ६९६ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख २४ हजार २८९ व्यक्ति उपचाररत रहेका छन्। संक्रमितहरुमा ५८ हजार ८४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

    चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार १०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

    दक्षिण अमेरिकामा २४ लाख २२ हजार २१ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ९० हजार ९१४ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ३३ लाख ८१ हजार ४२९ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ७४ हजार १८३ जनाको मृत्यु भएको छ।

    युरोपमा २४ लाख ६२ हजार ९०९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९्३ हजार २९५ को मृत्यु भएको छ। एसिया २४ लाख ८९ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६० हजार ९७ जनाको मृत्यु भएको छ।

    अफ्रिकामा ४ लाख ५० हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ९२५ जनाको मृत्यु भएको छ। ओसियानामा १० हजार ४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ। 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology