Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष बस्याल सहित ५ नेकपाका कार्यकर्ता दमौलीबाट गिरफ्तार

राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष बस्याल सहित ५ नेकपाका कार्यकर्ता दमौलीबाट गिरफ्तार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १७, २०७७ बुधवार • १४:४०:२५ बजे
  • 1.3K
    SHARES
  • राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष बस्याल सहित ५  नेकपाका कार्यकर्ता दमौलीबाट गिरफ्तार
    राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष सहित ५ जना नेकपाका कार्यकर्तालाई दमौलीबाट प्रहरीले गिरफ्तार गरेको छ ।
    प्रहरीले युवा संघ नेपाल तनहुँका अध्यक्ष इश्वर बस्याल, बादल आले, ज्ञानेन्द्र बसौला, सुर्यबहादुर केसी र कृष्ण भट्टलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारी संयन्त्रलाई बाईपास गरि मंगलबार मोटरेबल पुल उद्घाटन गरेको र बुधबार पनि त्यसैगरी अर्को पुल उद्घाटनको तयारी गरेको भ्नदै बिरोध प्रदशनमा  निस्केका राष्ट्रिय युवा संघले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने क्रममा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । 

    सम्भावित झडपलाई रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँले कांग्रेस नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्न लागेको स्थान व्यास नपा १ को तालघरे वरपर मानिस भेला हुन नपाउने गरि सांझसम्म निषेधाज्ञा जारी समेत गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology