Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पौडेलको गिरफ्तारी आपत्तिजनक र निन्दनीय - सभापति शेरबहादुर देउवा

पौडेलको गिरफ्तारी आपत्तिजनक र निन्दनीय - सभापति शेरबहादुर देउवा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १७, २०७७ बुधवार • १७:४२:५७ बजे
  • 1.7K
    SHARES
  • पौडेलको गिरफ्तारी आपत्तिजनक र निन्दनीय - सभापति शेरबहादुर देउवा
    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् । 

    गृहजिल्ला तनहुँको दमौलीमा व्यास नगरपालिकाले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

    'तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,' देउवा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    'सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,' विज्ञप्तिमा भनिएको छ, 'वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।'

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology