Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

"राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार ?" बाबुराम भट्टराई

"राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार ?" बाबुराम भट्टराई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १७, २०७७ बुधवार • १७:५३:११ बजे
  • 1.5K
    SHARES
  • "राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार ?" बाबुराम भट्टराई
    पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता बाबुराम भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको घटनाको विरोध जनाएका छन्।

    नतहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाप्रति आपत्ति जनाउँदै भट्टराईले राजावादीलाई देशभर आन्दोलन गर्न दिएर गणतन्त्रवादीलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

    ‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार?ओली सरकारको के हो चाला? उनकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है,’ भट्टराईले भनेका छन्।

    तनहुँको व्यास नगरपालिका १ र ११ जोड्ने सडकको पुल उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाबीच विवाद भएको हुँदै आएको थियो।

    बुधबार पौडेलले यसअघि नै बनेको पुलबाट सडक विस्तार गर्ने कामको उद्घाटन गर्ने तयारी गरेपछि नेकपा पक्षले विरोध जनाउँदै आएको थियो।

    नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएको छ। उनलाई अझै प्रहरीले मुक्त गरेको छैन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology