Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्वेता खड्काको मंसिर २२ मा विहे हुँदै

श्वेता खड्काको मंसिर २२ मा विहे हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • ०९:४३:३४ बजे
  • 2.2K
    SHARES
  • श्वेता खड्काको मंसिर २२ मा विहे हुँदै

    अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन्।मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।

    images

    उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार अभिनेत्री स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा रावतसँग विवाह गर्नेछिन्।विवाहमा दुई परिवार निकट सदस्यहरुको मात्र उपस्थिति हुने छ।यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो, जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।

    कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेकी श्वेताको यो दोश्रो विवाह हो।यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।विवाहको एक महिनापछि श्रीकृष्ण श्रेष्ठको साउन २५ गते भारतमा उपचारका क्रममा मृत्यु भएको थियो।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology