Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बामदेव फेरि ओली क्याम्पमा, बादलको साथ !

बामदेव फेरि ओली क्याम्पमा, बादलको साथ !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७७ आइतवार • ०७:५२:१३ बजे
  • 3.4K
    SHARES
  • बामदेव फेरि ओली क्याम्पमा, बादलको साथ !

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको विवाद समाधानको लागि नेताहरु आन्तरिक छलफल र भेटवार्तामा व्यस्तछन् । असार १० गतेदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामादिनुपर्ने माग उठेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

    images

    प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा दुवै पद नछोड्ने अडान लिएका छन् । उनले बरु, पार्टी फुटाउने तर दुवै पद नछोड्ने अडान लिएपछिनेताहरुले सोमबार विहान बस्नेगरि स्थायी कमिटीको बैठक स्थगित् गरेका छन् । यो बीचमा नेकपाभित्र थुप्रै समूहमा छलफल तथाभेटवार्ताहरु भैरहेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेवगौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको पहिलो दिनमै प्रधानमन्त्री ओलीको राजीनामा मागेर जेहाद छेडेका थिए ।प्रधानमन्त्री ओलीले दोस्रो दिन त बैठक नै बहिष्कार गरिदिए । र, तेस्रो दिनपनि १५ मिनेट बसेर बाहिरिएका थिए गत बिहीबार तप्रधानमन्त्री बैठकमा अनुपस्थ्ति मात्रै भएनन पार्टीका कुनैपनि नेताहरुसँग सल्लाह नै नगरी संसदको बजेट अधिवेशन अन्त्य गरिदिए ।त्यसपछि नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको र अब पार्टी फुटको संघारमा रहेको स्वयम नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

     

    हिजोमात्रै पनि सहमतिको प्रयासस्वरुप पार्टीका विभिन्न तहमा नेताहरुबीच छलफल भएका छन् । अध्यक्षद्धय ओली र दाहालले पार्टीएकता गर्दा सहमतिमा हस्ताक्षर गरेका नेताहरु विष्णु पौडेल र जनार्दन शर्मालाई पनि साक्षी राखेर हिजो शुक्रबार बालुवाटारमा करिबचार घण्टा छलफल गरेका थिए । तर, निश्कर्ष भने निस्किएन् । दाहालसँगको भेटवार्तामा ओलीले खुलाखुलस्त कुरा गरेको र आफू दुवैपद छोड्न तयार नभएको सन्देश दिएका थिए । त्यतिमात्रै होईन, उनले हिम्मत भए पार्टीका बैठकहरुमार्फत आफूलाई कारबाही गर्नचूनौति दिएका थिए

    दाहालसँग आक्रामक रुपमा प्रस्तुत भएका ओलीले आफूनिकट नेताहरुलाई उपाध्यक्ष वामदेव गौतमसँग छलफल तथा वार्ताको लागिखटाएको खुलेको छ । बुधबारदेखि नै ओली पक्षधर नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेलले नेतागौतमसँग वार्ता गरिरहेको खुल्न आएको छ । कतिसम्म भने हिजो राति अवरेसम्म नेताहरुबीच छलफल भएको छ ।

    गौतम निवास भैंसेपाटीमा भएको छलफलमा ओलीलाई साथ दिनेगरि गौतमले विश्वास दिलाएको नेताहरुको दाबी छ । कुनैपनिहालतमा विदेशीको ईशारामा पार्टी फुटाउन नदिने भन्दै गौतमले आफ्नो साथ ओलीलाई रहने वचन हिजोको बैठकबाट गरिसकेको सांसदतथा ओलीनिकट नेता महेश बस्नेतले पत्रकार ऋषि धमलासँग प्राईम टिभीको अन्तर्वार्तामा खुलासा गरेका छन् ।

    यसअघिपनि गौतमले (गत बैशाखमा) ओलीको कुर्सीमा संकट पैदा हुँदा आफूलाई ओलीकै पक्षमा उभ्याएर गुमिसकेको पदजोगाईदिएका थिए । अहिलेपनि ओलीलाई साथ दिएर अघि बढ्नेगरि गौतमले समझदारी गरेको बालुवाटारनिकट सूत्रहरुले दाबी गरेकाछन् । त्यतिमात्रै होईन, ओली पक्षधर नेताहरुले सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई पनि मनाएको कुरा बाहिरआउन थालेका छन!

    साभार राजनिति डटकम

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology