Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्थानीय नेता कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा नेता पौडेलले गरे पुलको उद्घाटन

स्थानीय नेता कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा नेता पौडेलले गरे पुलको उद्घाटन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १८, २०७७ बिहिवार • १४:५१:३० बजे
  • 1.6K
    SHARES
  • स्थानीय नेता कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा नेता पौडेलले गरे पुलको उद्घाटन
    बुधबार झडपछि रोकिएको तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकमा रहेको बुल्दीखोला पुलको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका छन्।

    सत्तारुढ नेकपाको विरोधपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बुधबार पुल उद्घाटन कार्यक्रम रोकिएको थियो। तर, निषेधाज्ञाकै समयमा पौडेल पुल उद्घाटन गर्न अघि बढेपछि प्रहरीले उनलाई ३ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।

    बुधबारको झड्पछि बिहीबार कांग्रेसले कार्यक्रम स्थलमा उल्लेख्यमात्रामा कार्यकर्ता उपस्थित गराएको थियो भने सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो थियो।

    स्थानीय नेता कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा औपचारिक रुपमै नेता पौडेलले पुलको उद्घाटन गरेका हुन्।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology