Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अहंम देखाउने इदि अमिन र केपी ओलीमा कुनै फरक छैन : प्रदीप पौडेल

अहंम देखाउने इदि अमिन र केपी ओलीमा कुनै फरक छैन : प्रदीप पौडेल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १८, २०७७ बिहिवार • १६:१४:२७ बजे
  • 1.5K
    SHARES
  • अहंम देखाउने इदि अमिन र केपी ओलीमा कुनै फरक छैन  : प्रदीप पौडेल
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन् ।

    तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानून सबै आफैँ हुँ भन्ने अहं देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए ।

    उनले तनहुँका सीडीओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसँग सीडीओ हुने योग्यता नरहेको भन्दै भाषणमा आगाडि भने– ‘सीडीओसाव अब तनहुँमा नबस्नुहोला ।

    रामचन्द्र पौडेल जत्तिको मान्छेलाई मैले पुल उद्घाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन ।

    हिजो पुल उद्घाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुभयो । त्यसैले तपाईँसँग सीडीओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’

    उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सीडीओ र ओलीले नियतवश प्रहार गरेको बताए ।

    उनले तनहुँका सांसद किसान श्रेष्ठमाथि पनि प्रहार गरे ।

    श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको र  पञ्चायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै उनले सम्पत्ति शुद्धीकरण विभाग ओलीको कब्जामा हुँदैनथ्यो भने छानबिन सांसद श्रेष्ठबाटै शुरू हुन्थ्यो भने ।

  • सम्बन्धित विषय:

  • # प्रदीप पौडेल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology