Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिसँग प्रधानमन्त्री दुई घण्टा भेटवार्ता

राष्ट्रपतिसँग प्रधानमन्त्री दुई घण्टा भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • १६:१४:३९ बजे
  • 967
    SHARES
  • राष्ट्रपतिसँग प्रधानमन्त्री दुई घण्टा भेटवार्ता

    मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसित करिब दुई घण्टा भेटवार्ता गरेका छन् ।

    images

    आकस्मिक रुपमा आज दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेर फर्किएका हुन् ।

    प्रधानमन्त्री ओली खाना खाने गरी शितल निवास पुगेका थिए । उनी दुई घण्टा बढी समय राष्ट्रपतिसित छलफल गरेर फर्किएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

    मन्त्रिपरिषद बैठकअघि भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी विवाद उत्कर्षमा पुगिरहेका बेला भएको भेटपछि बस्ने मन्त्रिपरिषद बैठकले कुनै बोल्ड निर्णय गर्ने सम्भावना छ । तर, बालुवाटार स्रोतले भने यो भेट नियमित भएको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology