Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

संयुक्त राष्ट्रसंघले ‘गाँजा’ नार्कोटिक ड्रगसहितको प्रतिबन्ध हटायो,कानुनी रुपमा गाँजाको खेतीका लागि सहजता

संयुक्त राष्ट्रसंघले ‘गाँजा’ नार्कोटिक ड्रगसहितको प्रतिबन्ध हटायो,कानुनी रुपमा गाँजाको खेतीका लागि सहजता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • १७:५४:५८ बजे
  • 2.0K
    SHARES
  • संयुक्त राष्ट्रसंघले ‘गाँजा’ नार्कोटिक ड्रगसहितको प्रतिबन्ध हटायो,कानुनी रुपमा गाँजाको खेतीका लागि सहजता

    संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै नार्कोटिक ड्रगको समूहबाट हटाएर विश्वव्यापी प्रतिबन्ध हटाएको छ । यससँगै कानुनी रुपमा गाँजाको खेतीका लागि सहजता थपिएको छ ।

    images

    नेपालले पनि गाँजालाई प्रतिबन्ध हटाएर औषधीय गुण भएको वनस्पति मान्नुपर्ने पक्षमा मतदान गरेको थियो । नेपालमा तत्कालीन एमालेका तथा अहिलेको नेकपाका केही सांसदहरुले गाँजामाथिको प्रतिबन्ध खुलाएर खेती गर्नुपर्ने बताउँदै आएका छन् ।

    बुधबार साष्ट्रसंघको ड्रग एजेन्सीका सदस्य राष्ट्रहरुले गाँजालाइृ औषधीय गुण भएको वनस्पति मान्नुपर्ने भन्दै यसमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा बहुमत पुर्याएका थिए । जसमा नेपालले समेत भोट गर्ने अवसर पाएको थियो ।

    नेकपाका सांसदहरुले पूर्वकानुनमन्त्री शेर बहादुर तामाङको नेतृत्वमा गाजाँको प्रतिबन्ध खुलाउनपर्ने भन्दै गैरसरकारी विधेयकनै दर्ता गरेका थिए । अब नेपालमा पनि गाँजा खेतीको कानुनी मान्यताको बहसले थप व्यापकता पाउने तामाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

    राष्ट्रसंघको ड्रग एजेन्सीले बहुमत भोटका आधारमा प्रतिबन्ध हटाएको हो । उक्त समितिमा रहेका ५३ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षमा नेपालसहित २७ मत परेको थियो ।

    यसअघि विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण भएको भन्दै प्रतिबन्ध हटाउनका लागि राष्ट्रसंघलाई चिठी लेखेको थियो । यससँगै अब विश्वभर गाँजाको कानुनी प्रक्रियाबाटै खेती गर्न पाइने भएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology