Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीको सन्देश बोकेर प्रचण्डलाई भेट्न पौडेल र नेम्बाङ खुमलटारमा

ओलीको सन्देश बोकेर प्रचण्डलाई भेट्न पौडेल र नेम्बाङ खुमलटारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • १९:३५:३७ बजे
  • 4.0K
    SHARES
  • ओलीको सन्देश बोकेर प्रचण्डलाई भेट्न पौडेल र नेम्बाङ खुमलटारमा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला दुबै पक्ष आआफ्नो तयारीमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सक्रियता तीव्र पारेका छन् । आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै २ घन्टासम्म छलफल गरेका ओलीले आफू निकट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङलाई खुमलटार पठाएका छन् ।

    images

    महासचिव पौडेल पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहान खुमलटार पुगे भने नेम्बाङ बेलुकी प्रचण्ड निवास खुमलटार पुगेका थिए । आफूले पार्टीमा देखिएको समस्या समाधानका विषयमा सामान्य छलफल गरेको नेम्बाङले बताए । उनले भने, ‘भेटघाट गरौँ भनेर गएको हो । पार्टीको समस्या समाधानका विषयमा समान्य छलफल भयो । आज भोलिमा अल्लि लामो बस्ने भन्ने भएको छ ।’

    महासचिव पौडेलसँग ओलीले दुबै प्रस्तावलाई खारेज गरेर नयाँ प्रस्ताव ल्याएर निकास खोज्ने विषयमा सन्देश पठाएका स्रोतको भनाइ छ । ओलीले प्रचण्डको प्रस्तावले आफ्नो समग्र राजनीतिक जीवनमै नकरात्मक असर गर्ने भएकाले उक्त प्रस्ताव फिर्ता लिने वा खारेज गरेर नयाँ संयुक्त प्रस्ताव ल्याउनु पर्ने अडानसहित खुमलटार सन्देश पठाएका छन् ।

    प्रचण्डले भने आफूले ओलीले दिएको जवाफी प्रस्तावको जवाफसहित अबको बैठकमा पूरक प्रस्ताव लैजाने बताएका छन् । प्रचण्डले पूरक प्रस्ताव लेख्दै छन् । ओलीले आफू अल्पमतमा परेपछि पार्टी बैठक नै बहिष्कार गरेका छन् । बुधबार ओली अनुपस्थित भए पनि सचिवालय बैठक बसेर विभिन्न निर्णय गरेको थियो ।

    नेकपामा स्थायी कमिटीको निर्णयविरुद्ध ओलीद्वारा राजदूतको नियुक्ति, मन्त्रिपरिषद्को बिस्तार र हेरफेर, कर्णालीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग प्रधानमन्त्री ओलीको कूटनीतिक मर्यादाविपरितको भेटवार्ता लगायतका विषयले विवाद बढ्दो छ । पछिल्लो समय अध्यक्षद्वयबीच आरोप प्रत्यारोपसहितको प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology