Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन् : रामचन्द्र पाैडेल

ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन् : रामचन्द्र पाैडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • १९:४३:२१ बजे
  • 2.4K
    SHARES
  • ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन् : रामचन्द्र पाैडेल

     नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन्।

    images

    बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै उनले भने, केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेका हुन्। लोकतन्त्रका लागि होइन।’

    जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ गर्न नसक्ने बताए। बुधबार तनहुँमा पुल उद्घाटनका लागि जाँदा प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीमाथि पौडेल बिहीबार थप आक्रोशित बनेका थिए। कार्यक्रममा नेताले पौडेलले ०६२–६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै भएको भन्दै आक्रोश व्यक्त गरे।

    राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको उनले बताए। उनले बुधबारको तनहुँ घटनाले प्रजातन्त्रवादीहरु देशैभर जागेको बताए। उनले अब भ्रष्टाचारविरुद्ध पनि आन्दोलन केन्द्रित हुने बताएका थिए।

    ‘ठूला–ठूला घोटाला गर्नेहरु, अर्बौँको काण्डका रचयिताहरुलाई संरक्षण दिन, साना भुरा माछा खाँदै हिँड्ने त्यो अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलन हुन्छ,” नेता पौडेलले भने, “अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन न्यायीक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुन्छ । अब यहाँ सत्ता हेरेर फैसला गर्ने ? अब हुन सक्दैन।’

    त्यस्तै, उनले तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन नरोकिने चेतावनी दिए। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिए।
    लोकपाटीबाट साभार

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology