Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हामी सबै खतरामा छौं : प्रधानमन्त्री ओली

हामी सबै खतरामा छौं : प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • ०९:३८:१८ बजे
  • 1.2K
    SHARES
  • हामी सबै खतरामा छौं : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघ महासभाको कोराना महामारीबारे विशेष सेसनमा सम्बोधन गरेका छन् । न्युयोर्क समय अनुशार आज दिउसो ओलीले पहिले नै रेकर्ड गरिएको भिडियोबाट सम्बोधन गरेका हुन् ।

    images

    ओलीले वर्तमान महामारी स्वास्थ्य संकट मात्र नभएर यो राष्ट्रहरू बीचको बढ्दो असमानता र प्रकृतिसँग मेलमिलाप गर्न मानवताको विफलताको बिरूद्ध वेक अप कल भएको बताए ।

    ओली भने – ‘हामी सबै समान अग्निप्रलयमा छौं। हामी मध्ये कसैलाई लाग्न सक्छ कि हामी सुरक्षित छौं । तर त्यस्तो छैन। सबै खतरामा छन्।’

    महामारीले अमूल्य पाठ सिकाएको बताउँदै ओलीले यो संसार सानो डुंगा भएको र सबैजना त्यसका यात्रु रहेको ओलीले बताए । उनले भने – ‘हामीले मन पराएपनि नपराएपनि हामी सबैको भाग्य एउटै साझा हो ।’

    अरुदेशहरु जस्तै नेपाल पनि महामारीको यो स्तरका लागि तयार नरहेको ओलीले बताए । तर भाइरसलाई नियन्त्रण गर्न सबै राजनैतिक, आर्थिक, मानव, र प्राविधिक संसाधनहरू परिचालन गरेको उनले दावी गरे । आफुहरु व्यक्तिको जीवनरक्षा र स्वास्थ्य प्रणालीको सवलताको उद्देश्यबाट निर्देशित रहेको उनले बताए ।

    गरिबहरुलाई कोरोना परीक्षण र उपचार निशुल्क गरिएको तथा संघीय, प्रान्तीय, र स्थानीय स्तरमा स्वास्थ्य प्रणालीको लागि आवश्यक पूर्वाधार, मानव र वित्तीय स्रोतहरू र चिकित्सा उपकरणहरू सुनिश्चित गरिएको ओलीले बताए ।

    झण्डै शुन्यबाट सुरु गरेर अहिले देशभरका ६८ वटा ल्याबमा पीसीआर परीक्षण सुविधा विस्तार गरेको उनले बताए । ७० भन्दा धेरै अस्पताललाई कोभिड १९ अस्पताल तोकिएको पनि उनले बताए ।

    सबै ७५३ स्थानीय स्तरमा आधारभूत स्वास्थ्य सुविधा सहितका अस्पताल निर्माणको दिशामा अगाडि बढेको प्रधानमन्त्री ओलीले बताए । त्यस्तै कोभिड १९ सम्बन्धित ४८ सेट निर्देशिकाहरु तयार पारेको उनले बताए ।

    ओलीले भने (‘स्वास्थ्य संस्था, व्यक्ति, जनसंचार माध्यम, सोशल मिडिया र स्वास्थ्य मन्त्रालयले दैनिक ब्रीफिंग मार्फत स्वास्थ्य प्रोटोकल, सुरक्षा र सरसफाइको बारेमा जनचेतना जगाउने काम विशेष उपयोगी भएको छ।’

    महामारीका बेलामा राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनको विश्वब्यापी समन्वय र नेतृत्वदायी भूमिकाको ओलीले प्रशंसा गरेका छन् । महामारीलाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र एकताबाट पछाडि हट्ने बहाना बनाइन नहुने उनले बताए । विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो अर्थव्यवस्था स्थिर राख्न र ऋण संकटलाई समाधान गर्न अझ बढी सहयोगको खाँचो पर्ने ओलीले बताए ।

    भ्याक्सिनको बारेमा आएको राम्रो खबरबाट उत्साहित भइरहदा सबैका लागि उपलब्ध हुने नहुनेबारे अनिश्चितता बढेको ओलीले बताए । सबै धनी र गरिब मुलुकलाई भ्याक्सिनको पहुच कायम गर्नका लागि ल्याइएको कोभ्याक्स कार्यक्रमको ओलीले प्रशंसा गरे । विश्वब्यापी रुपमा खोप वितरण सुनिश्चत नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने उनले बताए ।

    ओलीले भने – ‘सम्पूर्ण मानवता संकटमा रहेको बेला जीवन बचाउने भ्याक्सिन नाफा कमाउने माध्यम हुन नसक्ने कुरामा हामी दृढ विश्वास गर्छौं । ती सबै व्यक्ति र देशको पहुँच र क्षमता पुग्ने विश्वब्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ ।’

    ओलीले भने – ‘वर्तमान संकटले समाजको रक्षा गर्न जीवन बचाउने र विश्वव्यापी एकताको साँचो प्रतिबद्धताको माग गर्दछ। हामी विचलित हुनु हुँदैन। हामीले एउटा समुदाय, एक सभ्यता र एक विश्वको रूपमा कार्य गर्नुपर्दछ।’

    कोरोना महामारीबारेको विशेष सेसनमा ३७ देशका प्रमुख र ३९ जना सरकारका प्रमुखसहित विश्वका १५५ नेताहरुले सम्बोधन गरिरहेका छन् । दुईदिने सेसन शुक्रबार समाप्त हुनेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology