Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ : बाबुराम भट्टराई

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ : बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • १०:०८:३० बजे
  • 1.8K
    SHARES
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ : बाबुराम भट्टराई

    पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउन नेताहरुको पछिल्ला गतिविधिप्रति आलोचना गर्नुभएको छ ।

    images

     

    अध्यक्ष भट्टराईले पटक पटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुनै पनि धारामा नरहेको भन्दै आलोचना गर्नुभएकाे छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नेताहरू लगातार राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ धाउन थालेपछि बिहीबार साँझ ट्विट गर्दै डा भट्टराईले आलोचना गर्नुभएकाे हाे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पटकपटक राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा संविधानमा गरिएको व्यवस्थाभन्दा पनि बाहिर भएको  उहाँले बताउनुभएकाे छ । डा भट्टराईको प्रश्न छ, ‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो ?’

    उहाँले शक्तिशाली, सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान सकिने नत्र जसले अगुवाई गर्दै आए उनीहरुले नै ती नियमहरु मिच्दै गएको दाबी ग्नर्नुभएकाे छ ।  ‘शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं न त! नत्र यो जो अगुवा उही बाटो ह..अति भो!,’ उनको ट्विटमा उल्लेख छ ।

    बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई छुट्टाछुट्टै रूपमा भेट्नुभएकाे थियाे । यसअघि पनि पार्टीमा विवाद बढ्दै गएपछि राष्ट्रपतिको सक्रियता बढ्दै जाने गरेको थियो । नेकपाका अध्यक्षद्वयले यसअघि नै पार्टीको विवाद मिलाउन राष्ट्रपतिलाई साक्षी राख्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology