Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केपी ओली पार्टी फुटाउने तर्फ लाग्नुभयाे : वामदेव गौतम

केपी ओली पार्टी फुटाउने तर्फ लाग्नुभयाे : वामदेव गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • १०:१०:३९ बजे
  • 1.8K
    SHARES
  • केपी ओली पार्टी फुटाउने तर्फ लाग्नुभयाे : वामदेव गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाउनुभएको छ । बिहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको जिकिर गर्नुभयो ।

    images

    उपाध्यक्ष गौतमले बैठकमा दुईजना अध्यक्षको छुट्टाछुट्टै दस्तावेज पेस भएको र ती प्रस्तावहरू छलफलद्वारा टुङ्गो लगाइने बताउनुभयो । ‘प्रस्तावहरू सचिवालयमा छलफल गरेरै टुंगो लगाइन्छ । त्यहाँ भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उद्धृत गर्दै अनेरास्ववियूका विद्यार्थी नेता माधव पन्तले भन्नुभयो ।

    आफू एकताकै पक्षमा भएको र विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुपर्ने नेता गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस् । म पूरा रूपमा एकताकै पक्षमा छु। मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु ।’

    गौतमले प्रधानमन्त्रीले बैठकमै नआउने, बैठक बहिष्कार गर्ने गरेर कम्युनिस्ट विधि, आचरणविपरीत व्यवहार प्रदर्शन गरेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री ओली बैठकमै नआउने, बैठक बहिष्कार गर्ने यो कम्युनिस्ट विधि, आचरणअनुसार भएन,’ नेता गैतमले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीे सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ लाग्नुभएको पनि नेता गौतमले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको शैली हेर्दा पार्टी मिलाउनुपर्छ । एकता बचाउनुपर्छ भन्ने छैन, सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ उहाँ लाग्नुभएको छ ।’

    अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थीहरु गौतमलाई भेट्न बिहीबार उनकै निवासमा पुगेका थिए । तामाङसँगै सो संगठनका दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेता गौतमनिवास पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology