Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड माधव पक्ष बिद्यार्थीको अलग्गै भेला

प्रचण्ड माधव पक्ष बिद्यार्थीको अलग्गै भेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • १६:०२:२४ बजे
  • 1.6K
    SHARES
  • प्रचण्ड माधव पक्ष बिद्यार्थीको अलग्गै भेला
    नेकपा भित्र देखिएको बिबादले तल्लो स्तरमा पनि प्रभाव पार्न थालेको छ । यस अघि ओली पक्षले एक लौटी सरकारको बचाउमा र आफ्नै नेताहरु बिरुद्ध लक्षित गर्दे भेला प्रदर्शन गरेको आरोप लाग्ने गरेको थियो । तर यस पटक प्रचण्ड माधव पक्षले पनि तल्लो स्तरमा सक्रियता देखाउन थालेको छ । आज थापाथली क्याम्पसमा प्रचण्ड माधव पक्षका बिद्यार्थीहरुको भेला भएको हो ।
    भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायत उपस्थित छन्। ओली र प्रचण्डमा वा सचिवालय हुँदै स्थायी समिति सम्म झरेको बिबाद भदौमा केही मत्थर भएर सहमति भएको भएपनि दुबै पक्षबीच फेरी कटुता बढेको छ ।
    कार्तिक २८ गते प्रचण्डले एकलौटी रुपमा पेश गरेको प्रतिवेदनमा ओली सरकार र पार्टी चलाउन असफल भएको भन्दै घुमाउरो भाषामा राजीनामा माग गरिएको छ । आफूमाथि आरोप लगाएर ल्यायको प्रतिवेदन नै नभई आरोप पत्र मात्र भएको भन्दै त्यसमा छलफल नगर्ने अडान राख्दै ओलीले सचिवालयको बैठक समेत छाडेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology