कोरोना महामारीका कारण विश्वभर अनलाइन सपिङ्ग र अनलाइन डेलिभरी रोजाइको विषय बनेको छ । मानिसहरु लत्ताकपडादेखि खानेकुरासम्म अनलाइन किनिरहेका छन् । यस्तैमा फिलिपिन्समा एउटा रमाइलो घटना सार्वजनिक भएको छ ।
फिलिपिन्समा एउटी केटीले अनलाइनमा खानेकुराको अर्डर गरिन् । यसपछि रमाइलो दृश्य देखियो । किनकि, उनको अर्डर डेलिभरी गर्नका लागि ४२ जना डेलिभरी ब्वाइहरु आइपुगे । दृश्यले ती युवतीलाई अचम्ममा पार्यो ।

सनस्टार डटकमको एउटा रिपोर्टअनुसार फिलिपिन्सको सेबू सिटीको स्कूलमा पढ्ने एउटी युवतीले फुड एपमार्फत लन्चको लागि खाना अर्डर गरेकी थिइन् । उनी आफ्नो हजुरआमासँग खानाको डेलिभरी कुरिरहेकी थिइन् । यसपछिको घटना आश्चर्यजनक भयो ।
केही समयपछि ती युवतीको घर भएको बाटोमा डेलिभरी गर्ने केटाहरु खाना लिएर आउन थाले । एउटै अर्डर लिएर कयौँ केटाहरु आएपछि त्यहाँको दृश्य आश्चर्यजनक बन्न पुग्यो । हेर्दा हेर्दै ४२ जना केटारु डेलिभरी लिएर आइपुगे ।

यस्तो घटना फुड डेलिभरी एपमा भएको खराबीका कारण भएको बताइएको छ । सुधारको क्रममा रहेको एपमा आएको अर्डर ४२ जनालाई डेलिभरीका लागि पुगेपछि यस्तो घटना भएको बताइएको छ ।