Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली-प्रचण्ड वार्ता बिना निष्कर्ष सकियो अब के हुन्छ ?

ओली-प्रचण्ड वार्ता बिना निष्कर्ष सकियो अब के हुन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७७ आइतवार • १६:०९:५४ बजे
  • 2.0K
    SHARES
  • ओली-प्रचण्ड वार्ता बिना निष्कर्ष सकियो अब के हुन्छ ?

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको वार्ता निष्कर्षमा नपुगेर सकिएको छ । झण्डै डेढ घन्टासम्म दुवै पक्षका नेताहरुबीच वार्ता भएपनि कुनै निष्कर्षमा नपुगेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    images

    मंसिर ४ को सहमति कार्यान्वयनका विषयमा छलफल भए पनि निष्कर्ष भने ननिस्किएको ती नेताले जानकारी दिए । उनका अनुसार भोलि फेरि एक पटक वार्ता गर्नेगरी आजलाई छलफल सकिएको छ ।

    बैठकमा सहभागी एक नेताले आजको छलफल सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले भने, अध्यक्षद्वयबीच एकसरो छलफल भएपछि हामी अहिले चारजना बसेका छौँ । सकभर भोलिसम्म नयाँ बाटो तर्फ नेकपा प्रस्तान गर्छ । बैठकअघि अध्यक्षहरु बस्नुहुन्छ । यसलाई सकरात्मक रुपमा हामीले हेर्नुपर्छ ।

    स्रोतका अनुसार अध्यक्षद्वयसँगको छलफलमा सहभागी विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा अनौपचारिक संवादमा जुटेका छन् । अध्यक्षद्वयले यी चारजनालाई सहमतिको प्रस्ताव तयार गर्ने जिम्मेवारी दिएको स्रोतले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology