Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हास्य कलाकार रवि कार्कीको ‘माया के रैछ’ सार्वजनिक

हास्य कलाकार रवि कार्कीको ‘माया के रैछ’ सार्वजनिक

बादल शाही

बादल शाही

मंसिर २०, २०७७ शनिवार • ११:०४:५९ बजे
  • 3.3K
    SHARES
  • हास्य कलाकार रवि कार्कीको ‘माया के रैछ’ सार्वजनिक
    लोक तथा दोहोरी गायक तथा हास्य कलाकार रवि कार्कीको ‘माया के रैछ’ बोलको गीत सामाजिक सन्जाल युट्युव मार्फत सार्वजनिक भएको छ । कार्की र गायिका देवि घर्तीको स्वर रहेको 'माया के रैछ' अत्यन्तै मार्मिक गीत बनेको छ, दर्सकहरुको मन जित्न सक्ने कुरामा कार्कीले आसा गरेका छन  । प्रविन खत्री (ठुले) को शब्दमा गायक कार्की स्वयमले संगीत भरेका छन् भने, हेमन्त कान्छा रसाइलीले एरेञ्ज गरेका छन । 

    गीतमा एक प्रेम जोडि जसमा प्रेमिकालाई घरपरिवारको दबाबले अरु नै केटासँग बिवाह गरेर छुटिन बाध्य भए पछि संयोगले कुनै समय भेट हुँदा एक अर्कोमा आफ्नो मनको बेदनाहरु पोखेको र त्यस्तै बियोगका पिडाहरुलाई प्रस्तुत गरिएको छ ।

    उक्त गीतको भिडियोमा गायक कार्की र जुना गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । स्मृती तिमल्सिना (गुरुआमा) को निर्देशनमा तयार भएको सो गीतको म्युजिक भिडियोमा गणेश सापकोटाको छायाँकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology