Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सचिवालय बैठकमा सहभागी नहुने ओलीको अडान, बहुमतको निर्णय पनि नमान्ने

सचिवालय बैठकमा सहभागी नहुने ओलीको अडान, बहुमतको निर्णय पनि नमान्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७७ शनिवार • १२:१८:५७ बजे
  • 1.3K
    SHARES
  • सचिवालय बैठकमा सहभागी नहुने ओलीको अडान, बहुमतको निर्णय पनि नमान्ने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज हुने सचिवालय बैठकमा पनि एक अध्यक्ष अनुपस्थित हुने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा पनि सहभागी नहुने उनी निकट स्रोतले जनाएको छ ।

    images

    ओलीले बिहान आफू निकट नेताहरुसँग परामर्स गरेर बैठकमा सहभागी नहुने बताएका एक स्थायी कमिटी सदस्यले बताएका छन् । उनले प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान कायमै राखेका छन् ।

    नेकपा सचिवालय बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्दैछ । आजको बैठकमा सहभागी नभएमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दबाब पर्ने निष्कर्षसहित ओली बैठकमा सहभागी नहुने स्रोतको दावी छ ।

    नेकपामा विवाद चर्किदै गएपछि कात्तिकको अन्तिम हप्ता बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार चौतर्फी असफल भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बहुमत सचिवालय सदस्यको सहमतिमा पेश भएको प्रतिवेदनमा ओलीले निकास दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

    आफूविरुद्ध विभिन्न प्रश्नसहित पेश भएको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै प्रचण्डको प्रतिवेदनको जवाफ पनि नदिने र बैठकमा छलफल पनि नहुने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा आफूलाई जवाफी प्रतिवेदन तयार गर्नका लागि १० दिनको समय माग गरेका थिए ।

    १३ गतेको सचिवालयमा ओलीले नेपालको शान्ति प्रक्रियादेखिका विषयबस्तु समेटेर प्रचण्डको प्रस्तावविरुद्ध जवाफी प्रस्ताव पेश गरेका थिए । प्रचण्डले पार्टी एकतापछिका गतिविधिमात्र समेटेकोमा ओलीले शान्ति प्रक्रियापछिका विभिन्न विषयमा प्रश्न उठाएका छन् ।

    प्रतिवेदन पेश गरेपछि ओलीले १६ गतेको बैठकमा प्रचण्डको प्रस्तावमा छलफल हुन नसक्ने र सचिवालय बैठकको औचित्य नभएको बताएका थिए । ओलीले बहुमतको निर्णय पनि नमान्ने भन्दै १७ गतेको सचिवालय बैठक बहिष्कार गरेका थिए ।

    प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले २० गते अर्थात आजसम्मका लागि सचिवालय बैठक स्थगित गरेको थियो । १८ गते बस्ने तय भएको स्थायी कमिटी बैठक भोलि आइतबारका लागि बोलाइएको छ । यसअघि नै नेकपा केन्द्रीय कमिटी बैठक २५ गतेका लागि बोलाइसकिएको छ ।

    पार्टीका हरेक तहमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफूले बहुमतको निर्णय नमान्ने बताउँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology