Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपामा अहिले पद चाहिनेले पार्टीको आउँदो महाधिवेशन कुर्न बास्कोटाको आग्रह

नेकपामा अहिले पद चाहिनेले पार्टीको आउँदो महाधिवेशन कुर्न बास्कोटाको आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • १२:४७:४९ बजे
  • 1.4K
    SHARES
  • नेकपामा अहिले पद चाहिनेले पार्टीको आउँदो महाधिवेशन कुर्न बास्कोटाको आग्रह
    पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिनेले पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् ।

    उनले नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गरे । 

    नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताए । 

    उनले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गरे । “नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन”, उनले भने । बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology